election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
      • Life Members Login
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
      • Trustee Members Login
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News
  • News Single
महासचिवको प्रतिवेदन : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वार्षिक प्रतिवेदन (२०२०–२०२१)

महासचिवको प्रतिवेदन : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वार्षिक प्रतिवेदन (२०२०–२०२१)

Jul 26, 2021

आदरणीय आजीवन सदस्यज्यूहरू, ट्रस्टीका सदस्यज्यूहरू, केन्द्रीय कार्यसमिति परिवार, तथा साहित्यकार अनि शुभचिन्तकमा हार्दिक नमस्कार, गरिमामय इतिहास बोकेको अन्तर्राष्ट्रिय नेपाली समाजको आज हामी ३० औँ वार्षिक उत्सव मनाउँदै छौँ, यो सुखद घडीमा यतिखेर यसको स्थापना गर्ने सोच बनाउने, यसलाई जन्माउने र यसलाई गति दिएर यहाँसम्म लिएर आउन हातेमालो गर्ने सबैजनालाई सम्मान गर्दै स्मरण गर्दछु ।

आदरणीय महानुभावहरू, हाम्रो यो वर्ष कोरोना महामारीका कारण त्यति सहज रहेन । विश्वभर यो महामारीले हामी सबैलाई तर्साइरह्यो र केही साहित्यकारलाई हामीबाट खोसेर पनि लग्यो । जो जति परलोक हुनुभयो उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । यसैक्रममा राष्ट्र कवि माधव घिमिरे, वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदी र ट्रस्टीका सल्लाहकार डा. दुर्गा दाहालको पनि श्रद्धाञ्जली कार्यक्रम गरियो ।

अगस्ट ३ मा जुम माध्यमबाट सम्पन्न वार्षिक उत्सवपश्चात् प्रकाश पौडेल ‘माइला’ को नेतृत्वमा निर्वाचित हाम्रो कार्यसमितिले कार्यभार सम्हालेको हो । त्यसपछिका दिनमा अघिल्लो नेतृत्वले गरेका कामहरूलाई सम्मान गर्दै हामीले नयाँ कदम अघि बढाएका हौँ ।

यसक्रममा अनेसासलाई नयाँ ढङ्गले अघि बढाउन परम्परित केही बुँदाहरू संशोधन गर्नु आवश्यक देखिएकाले अघिल्ला कार्यसमितिले सुरु गरेको विधान संशोधनको काम अन्तिम चरणमा पुगेको छ । यसलाई हालै मात्र कार्यसमितिको बैठकले केही संशोधनसहित कार्यान्वयनका लागि अनेसास बोर्ड अफ ट्रस्टीलाई पठाइसकेको छ । आशा छ, छिट्टै सातौँ संशोधनसहितको विधान लागू हुनेछ ।

आदरणीय महानुभावहरू, अनेसासले एक वर्षावधिमा भौतिक रूपले धेरै कामहरू गर्न नसके पनि प्रविधिको माध्यमबाट साप्ताहिक रूपमा गतिविधि गरिहेका छौँ । अनेसास साहित्यिक संवाद कार्यक्रमका मार्फत् अनेसासको नेतृत्व गरेका अग्रजहरूको विचार र अनुभव सुन्ने सुनाउने काम गर्यौँ ।

यही कार्यक्रमका माध्यमबाट वर्तमान कार्यसमिति, च्याप्टर र बोर्ड अफ ट्रस्टीमा संलग्न नेतृत्ववर्गको अनुभव, अनुभूति र सिर्जना सार्वजनिक गर्ने काम गरिरहेका छौँ । यसैले यहाँ म अनेसासमा आबद्ध प्रकाश पौडेल ‘माइला’को नेतृत्वले एक वर्षमा गरेका कामहरूलाई सारांशमा प्रस्तुत गर्दै छु ।

अनेसासले विगतदेखि गर्दैआएका नियमित कार्यक्रमलाई निरन्तरता दिएका छौँ । विभिन्न कारणले अघिल्लो कार्यसमितिले गर्न नसकेका राम्रा कामहरूलाई पूरा गर्दै हामीले यो वर्ष केही नयाँ कामको पनि थालनी गरेका छौँ ।  केन्द्रीय कार्यसमितिले प्रस्तावित विधानलाई केही सुझावसहित सर्वसम्मत पारित गरेर बोर्ड अफ ट्रस्टीमा पठाएका छौँ । छिट्टै संशोधित र परिमार्जित विधान कार्यन्वयनमा आउने कुरा विश्वास दिलाउँदछौँ ।

१. हामीले मनाउने दिवसहरू (भानु जयन्ती, देवकोटा जयन्ती, लेखनाथ जयन्ती, मोती जयन्ती, महानन्द जयन्तीलगायत अन्य) मनाउने, अन्तर्दृष्टि र अनेसास दर्पणको प्रकाशन तथा अन्य कृतिहरूको प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिएका छौँ ।

२. नयाँ च्याप्टरहरू विस्तार गर्ने, च्याप्टरहरूसँग समन्वय कायम गर्ने तथा सहकार्य गर्ने कार्य गरिरहेका छौँ ।

३. विभिन्न मुलुकमा रहेका नेपाली भाषी स्रष्टाहरूको अन्तर्राष्ट्रिय छाता संस्थाको रूपमा अनेसासलाई विकास गर्न प्रभावकारी पहल गरिरहेका छौँ ।

४. २०८ औँ भानु जयन्तीको सन्दर्भ पारेर नेपालमा अनेसासको सम्पर्क सचिवालय तथा डायस्पोरा अध्ययन केन्द्र स्थापना गरेका छौँ । जहाँबाट अनेसासको दैनिक कार्यलयीय तथा व्यवस्थापकीय कार्य सञ्चालन गर्नेछौँ ।

अनेसास केन्द्रीय कार्यालय भने अमेरिकाको वासिङ्टन डि.सी.मा रहेको कुरा स्मरण गराउन चाहन्छौँ ।

आदरणीय महानुभावहरू, अनेसास यस्तो संस्था हो जसका विभिन्न मूलुकमा भाषा साहित्यका लागि निरन्तर लागिपरेका च्याप्टरहरू छन् । हामी यस्तो संस्थाका सदस्य हौँ, जसले पलपल नेपाली भाषा र साहित्यको कुरा मात्रै होइन काम पनि गर्छ । विभिन्न देशमा रहेका च्याप्टरलाई गति प्रदान गर्ने र अझ विस्तारित रूपले अघि बढाउने काममा पनि तदारुकताका साथ हामी लागिपरेका छौँ ।

हामीले यस वर्ष सातौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्ने तयारी गरिरहेका छौँ । सोहीअनुरूप तयारी भइरहेको यहाँ अवगत गराउन चाहन्छु । छिट्टै मिति र स्थानको घोषणा गर्ने छौँ । हामीले यस कार्यका लागि सशक्त समिति पनि गठन गरेका छौँ । यसैगरी यस वर्ष अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलनको चौथो संस्करणको तयारी पनि हाम्रो अगाडि आइरहेको छ । यसका लागि उपयुक्त स्थान र मितिको पर्खाइमा हामी रहेका छौँ ।

अनेसासमा च्याप्टर भनेका अनेसास केन्द्रको अङ्ग हुन् । यसैले केन्द्र र च्याप्टरबीचको सम्बन्ध महत्त्वपूर्ण हुन्छ र हुनुपर्छ । यही सोचका साथ यस वर्ष च्याप्टरहरूको सम्मेलन गर्ने योजनामा हामी रहेका छौँ । यसले च्याप्टर र केन्द्रबीचको सम्बन्ध प्रगाढ बनाउनमा मद्दत पुग्ने हाम्रो विश्वास छ ।

सधैँ हामी यहाँहरूको सल्लाह र सुझावको आशामा रहने छौँ ।

हामीले यस वर्ष गरेका केही महत्त्वपूर्ण कामहरूः

१. महिला दिदी–बहिनीहरूको पर्व तीजको कार्यक्रम,

२. गैरआवासीय नेपाली सङ्घसँगको सहकार्यमा बालकविता गोष्ठी,

३. एएनए र आन्मासँगको सहकार्यका कविता प्रतियोगिता,

४. युगकवि सिद्धिचरण तथा भाषाशास्त्री महानन्द सापकोटा जन्म जयन्ती समारोह,

५. पूर्व कार्यसमितिले गरेको बाल कविता प्रतियोगिहरूलाई पुरस्कार वितरण,

६. नवरत्न पुरस्कारको घोषणा तथा महिला कविगोष्ठीको आयोजना,

७. अन्तर्दृष्टि र अनेसास दर्पण प्रकाशन,

८. हामीले अनेसासलाई अझ सशक्त बनाउन क्षेत्रीय रूपमा अध्यक्षहरूको संयोजनमा कार्यक्रमहरू गरिरहेका छौँ, जसअन्तर्गत अमेरिकाबाट केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, एसियाबाट केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, अस्ट्रेलियाबाट राजेश बुढाथोकीको संयोजनमा कार्यक्रमहरू भइरहेका छन् ।

९. अनेसासले कलिला मुना तथा भविष्यका कर्णधार बालबालिकालाई नेपाली भाषा र साहित्यमा उद्दत गराउन केन्द्रको सचिव विमला निरौलाको संयोजनमा बालतारा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

१०. अनेसासका कोषाध्यक्ष कृष्णकुमार गिरीले सिपीएसमेत राखेर आर्थिक पारदर्शिताका लागि प्रत्येक तीन महिनामा आर्थिक विवरण राख्नु भएको छ ।

सर्वज्ञ वाग्ले

महासचिव

अनेसास केन्द्रीय कार्यसमिति 

Related Announcements

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध

Mar 10, 2025 Read More

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्नका लागि आह्वान

Dec 9, 2024 Read More

Central Executive Committee Election 2024 Result

Jul 11, 2024 Read More

Election update

Jul 8, 2024 Read More
  • ‹
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • ...
  • 17
  • 18
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.