election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
      • Life Members Login
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
      • Trustee Members Login
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News
  • News Single
आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती तथा अनेसासको साधारण सभामा बिओटी सचिवद्वारा प्रस्तुत प्रतिवेदन

आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती तथा अनेसासको साधारण सभामा बिओटी सचिवद्वारा प्रस्तुत प्रतिवेदन

Jul 26, 2021

अनेसासको तीसौँ वार्षिक साधारण सभाको अध्यक्षता गरिरहनुभएका आदरणीय केन्द्रीय अध्यक्षज्यू,

तथा यस सभामा सहभागी हुनुभएका सबै आजीवन सदस्यज्यूहरूमा सादर नमस्कार ।

अनेसासले हरेक वर्ष आयोजना गर्ने भानुजयन्ती तथा अनेसासको वार्षिक साधारण सभा गएको वर्षजस्तै यस वर्ष पनि जुमका माध्यमबाट भइरहेको छ । आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीका अवसरमाका साथ भइरहेको यो साधारण सभा अनेसासको तीस वर्ष पूरा भएको अवस्थाको साधारण सभा हो । भानुजयन्ती मनाइरहँदा हामीले यस अवसरलाई आदिकवि भानुभक्त आचार्यको परम्परागत सम्झनाका रुपमा मात्र लिनु पक्कै पनि अपूरो हुनेछ । हामी प्रवासबाट हाम्रा आदिकविको जन्मजयन्ती हरेक वर्ष मनाइरहेका छौँ । अनेसास केन्द्रीय समिति, बिओटी र विभिन्न देशमा रहेका च्याप्टरहरुका लागि यो अवसर हरेक वर्षका लागि एक नियमित उत्सव हो । यो समारोह अनेसासले नेपालबाहिरका मुलुकहरुमा हुर्किरहेका नयाँ पुस्ताका नेपाली छोराछोरी र नातिनातिनीहरुलाई नेपालका आदिकविको पहिचान गराउने र उनीहरुसम्म हाम्रो भाषासाहित्य, कला र संस्कृतिको विस्तार गर्ने अभियानका रुपान्तरण गर्दै जानुपर्दछ । त्यसअर्थमा आदिकविप्रतिको सम्मान दर्साउन गरिएको यो समारोह नेपाली भाषा र साहित्यको आदिकालको ऐतिहासिक दस्तावेजको वार्षिक रुपमा हुने संस्मरण र हामीले नयाँ पुस्तालाई दिशाबोध गराउनुपर्ने हाम्रो जिम्मेवारीप्रतिको सजगता पनि हो । 
   
कोभिड १९ को महामारीका कारण उत्साहका साथ जुट्ने अवसर गत वर्ष पनि हामीलाई जुममै जुमका माध्यमबाट प्राप्त भएको थियो । सो वर्ष केन्द्रीय कार्यसमितिको नयाँ पदाधिकारीका पदबहालीको कार्यव्रmम पनि जुमबाटै भएको थियो । गत वर्ष र यस वर्ष अन्य कार्यक्रमहरु जहाँ जहाँ भएका छन्, च्याप्टर तथा केन्द्रीय समितिले जुमका माध्यमबाट नियमित कार्यव्रmमहरु पनि चलाइरहेका छन् । गएको वर्ष हामी सबै एकअर्काको सुस्वास्थ्य, रोगविरुद्धको प्रतिरोध क्षमताका लागि कामना गर्दै बसिरहन बाध्य भयौँ । हाम्रो जीवनकालको सबैभन्दा खतरापूर्ण रुपमा महामारी बनेर आएको कोभिडका कारण परलोक हुनुभएका साहित्यकारहरुको आत्माको चिरशान्तिका लागि बिओटी कार्यसमिति तथा सबै ट्रस्टी सदस्यज्यूहरुका तर्फबाट समेत सचिवका रुपमा म प्रार्थना गर्दछु । अझै पनि हाम्रा बीचमा त्रास बनेर बाँकी रहेको कोभिड तथा यसको नयाँ प्रजातिको प्रकोपबाट पीडित हुनुभएका महानुभावहरुको शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै हामी अझै पनि ढुक्क नबनौँ र सुरक्षित रहौँ भनी सबैमा विनम्र आह्वान गर्दछु ।

बिओटीको नयाँ कार्यसमितिका रुपमा वर्तमान समितिको सन् २०१९ जनवरी ५ मा भएको सपथ ग्रहण समारोह सम्पन्न भएको थियो । आदरणीय गीता खत्रीज्यूको अध्यक्षतामा गठित यस समितिले तपसिलका कुराहरुलाई मुख्य रुपमा महत्व दिएको थियो–
 
१.     अनेसासले हरेक दुई वर्षमा वितरण गर्ने सर्वोत्कृष्ट पुस्तक पुरस्कार तथा विधागत रुपमा सर्वोत्कृष्ट भएका पुस्तकहरुका लागि आकर्षक पुरस्कारको व्यवस्थापन गर्ने, पुरस्कारलाई संस्थागत र सम्मानपूर्ण बनाउने । 

 

२.    अनेसासबाहिर बसेर पनि नेपाली भाषासाहित्य र अनेसासलाई माया गर्दै सहयोग गरिरहेका साहित्यकार तथा साहित्यप्रेमी महानुभावलाई अनेसास परिवारमा आवद्ध गर्न ट्रस्टी सदस्यका रुपमा अनेसासमा आबद्ध गर्ने ।
 

३.    अनेसासको विधानको पाँचौँ संशोधन २०१६ लाई संस्थागत विस्तार र विकासका लागि सुस्पष्ट मार्गदर्शकका रुपमा यसको परिमार्जन गरी यथाशक्य छिटो लागू गर्ने ।
 

४.    हालसम्म अनेसासको केन्द्रीय कार्यालय भवनको व्यवस्था हुन नसकेकामा यस कार्यसमितिको कार्यावधिभित्र अमेरिकामा अनेसासको केन्द्रीय कार्यालयको व्यवस्था गर्ने ।
 

५.    केन्द्रीय कार्यसमितिलाई अझ गतिशील बनाई भाषासाहित्यको विस्तारमा थप क्रियाशील हुन बिओटीले आवश्यक परामर्श र सहयोग गर्ने ।

मैले माथि नं. १ मा उल्लेख गरेको बिओटी कार्यसमितिको प्रतिवद्धताअनुरुप पुरस्कार समितिले विगतमा हुने गरेका धेरैवटा विधाका पुरस्कार वितरणका प्रावधानलाई व्यवस्थित र मर्यादापूर्ण बनाउने काममा सफलता पाएको छ । यसमा पुरस्कार समितिका अध्यक्ष प्रा. डा. गोपी उप्रेतीज्यूले विगत साढे तीन दशकको प्राज्ञिक र प्रशासनिक दक्षताको अनुभवलाई यहाँ सफल रुपमा प्रस्तुत गर्नुभएको छ । वहाँको समूहमा रहनुभएका ट्रस्टी सदस्यहरु डा कुमार बस्नेत (टोकियो, जापान), दीपा राई पुन (बोस्टन, अमेरिका) तथा ईश्वरीप्रसाद भट्ट (न्यु ह्यामसायर, अमेरिका) ले पुरस्कार समितिको जिम्मेवारीलाई लाई व्यवस्थित र गरिमामय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । त्यसमा सदस्यसचिवका रुपमा मैले वहाँहरुका साथमा काम गर्ने सुअवसरमात्र पाएको छैन, वहाँहरुको अनुभवबाट प्रत्यक पल नयाँ कुरा सिक्न अवसर पनि पाएको छु । 

पुरस्कार समितिका गतिविधि

समितिका अध्यक्ष प्रा. डा गोपी उप्रेतीज्यूले आफैँ ५०० डलर थप गरी सर्वोत्कृष्ट पुस्तक पुरस्कारलाई चारपटकका लागि १५०० डलरबाट २००० हजार डलर बनाउनमा सहयोग गर्नुभएको छ भने समिति सदस्य डा. कुमार बस्नेतज्यूले डायस्पोरामा बसेर लेखिरहेका स्रष्टाहरुको मनोबल उच्च बनाई बढी सिर्जनशील बनाउन आफ्ना पितामाताको स्मृतिमा ११०० डलरको पुरस्कार प्रायोजन गर्नुभएको छ । डा. उपे्रतीज्यूले चारपटकका लागि हरेक पटक ५०० डलर थप गरिदिने हुनुभएपछि पुस्कार समितिले अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारलाई विगतको अमेरिकी डलर १,५०० राशीलाई बढाएर सन् २०१९ को पुरस्कार वितरण समारोहदेखि नै अमेरिकी डलर २,००० राशीको पुरस्कार वितरण गरिसकेको छ । साथै, समितिले सन् २०१९ अघिका ५०० डलर, २५० डलर र २०० डलरका पुरस्कारलाई बढाएर अमेरिकी डलर १,००० वा सोभन्दा बढी बनाउन सौजन्यकर्ताहरुलाई अनुरोध ग¥यो । रकम बढाउन इच्छुक दाताहरुलाई धन्यवाद व्यक्त गर्दै रकम बढाउन तत्काल असमर्थ दाताहरुलाई वहाँहरुले विगतमा पु¥याउनुभएको योगदानका प्रति आभार प्रकट ग¥यो ।

    सन् २०१९ मा अनेसास पुरस्कार समितिले सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित जम्मा ८ वटा विधाका पुस्तकलाई पुरस्कृत ग¥यो । सो वर्ष वितरित पुरस्कार राशीका हकमा २,००० डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार, १,१०० डलरको एक पुुरस्कार १००० डलरका दरले चारवटा विधामा चार पुरस्कारहरु, ५०० डलर दरका दुई पुरस्कारहरु वितरण भयो । सन् २०१९ मा नेपाल र नेपालबाहिरका लेखकले पठाउनुभएका विभिन्न विधाका कुल १३६ किताबहरु दर्ता भएकामा सूचनाअनुसारको प्रावधानभित्र रहेर दर्ता भएका १२२ किताबहरुमात्र मूल्याङ्कनमा परेका थिए ।

    सन् २०१९ को पुरस्कार वितरणलाई भव्य र सफल रुपमा सम्पन्न गर्न विभिन्न रुपमा सहयोग गर्नुहुने पुरस्कार सौजन्यकर्ताहरु, पुरस्कार विजेता लेखकहरु, मूल्याङ्कनकर्ता विद्वान महानुभावहरु, विज्ञापनदाता निकायहरु, केन्द्रीय कार्यसमिति, नेपालमा किताब संकलन गरिदिने नेपाल च्याप्टरसमेत अन्य सबै संवद्ध महानुभावहरुलाई म हार्दिक आभार व्यक्त गर्दछु ।

अनेसासले सर्वोत्कृष्ट पुस्तक पुरस्कार स्थापना गरेको १६ वर्षको इतिहामा पहिलोपल्ट सन् २०१९ मै लागू गर्ने गरी पुरस्कार समितिले अनेसासको केन्द्रीय समिति र बिओटीका पदाधिकारी तथा सल्लाहकार तथा पुरस्कार समिति र मूल्याङ्कनकर्ता, उनीहरुका श्रीमान् वा श्रीमती र छोराछोरीले पुरस्कारका लागि पुस्तक दर्ता गर्न नपाउने गरी नयाँ पुरस्कार निर्देशिका सन् २०१९ बिओटीको बैठकबाट पास गराएर लागू गरेको थियो । त्यसअघि सन् २००८ मा तयार भएको पुरस्कार निर्देशिका अनुसार पुरस्कारका लागि प्रतिस्पर्धाका नियमहरु बनाइने गरेका थिए । नयाँ पुरस्कार निर्देशिकाले आम साहित्यकारहरुमा अनेसासको पुरस्कार निष्पक्ष र पारदर्शी हुने विश्वास सार्वजनिक रुपमा अभिव्यक्त भएको पाइयो । यो निर्देशिकालाई यसपटक पनि कडाइका साथ लागू गरिएको यस गरिमामय समारोहमा म जानकारी गराउन चाहन्छु । 
 
अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२१ लागि गएको मार्च २१ भित्रमा संसारभरिबाट नेपाली साहित्यकारहरुले पुस्तकहरु दर्ता गर्ने गरी पुरस्कार समितिले गत जनवरी १६ र फरबरी २६ मा दुई सार्वजनिक सूचना प्रकाशित ग¥यो । त्यस अवधिभित्र यस वर्षको सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि कूल १०९ पुस्तकहरु दर्ता भएका छन् । यसपटक पुरस्कार समितिले पुस्तकका लागि अरु दुई विधामा पुरस्कार थपेको छ । साथै सन् २०१९ मा २,००० डलरले स्रष्टालाई पुरस्कृत गरिएको सर्वोत्कृष्ट पुस्तक पुरस्कारको राशीलाई बढाएर २,१०० डलर बनाइएको छ ।
 

सन् २०२१ मा थपिएका दुई पुरस्कारहरु 

१.    १०१ वर्षको उमेरमा सन् २०२० को उत्तरार्धमा परलोक हुनुभएका राष्ट्रकवि माधव घिमिरेको सम्मानमा बिओटी अध्यक्ष गीता खत्रीज्यू र ट्रस्टी सदस्य डा. चुडामणि खनालज्यूको सौजन्यमा वितरण गरिने अनेसास माधव घिमिरे स्मृति सर्वोत्कृष्ट काव्य पुरस्कार ।

२.    अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीज्यूको सम्मानमा अनेसास बिओटीका पूर्व उपाध्यक्ष एवं वर्तमान सल्लाहकार रोहिणी शर्माज्यूले सौजन्य गर्नुभएको होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कार ।

सन् २०२१ का लागि निर्धारण भएका विधागत पुरस्कारहरुको व्यवस्था यसप्रकार रहेको छ

क्रम पुरस्कारको नाम विधा रकम (अमेरिकी डलरमा) सौजन्यकर्ता

१.

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार  सर्वोत्कृष्ट अङ्क पाएको कुनै पनि विधाको पुस्तक (खुला) २,१०० बिओटी कोषको व्याज

२.

अनेसास माधव घिमिरे स्मृति सर्वोत्कृष्ट काव्य पुरस्कार सर्वोत्कृष्ट अंक पाएको कविताकृति (खुला) २,०००

गीता खत्री

डा. चुडामणि खनाल

३.

अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङमय पुरस्कार  डायस्पोरामा स्थायी बसोवास गरी लेख्ने लेखकहरुमध्येका कृतिमध्ये सर्वोत्कृष्ट कृति (डायस्पोरामा मात्र) १,२०० रोहिणी शर्मा (सापकोटा)

४.

अनेसास स्व. दिल-लीला सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार

डायस्पोरामा बसेर लेखिरहेका स्रष्टाका कृतिमध्ये सर्वोत्कृष्ट अंक आएको पुस्तक (डायस्पोरामा मात्र)

१,१००

डा. कुमार बस्नेत

$

अनेसास डा. श्याम÷इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार सर्वोत्कृष्ट अंक पाउने निबन्ध, संस्मरण, नियात्राका लागि (खुला) १,००० डा. श्याम कार्की

%

अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार सर्वोत्कृष्ट अंक पाउने कथासङ्ग्रहका लागि (खुला) १,००० पदम विश्वकर्मा

^

अनेसास स्व. डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार सर्वोत्कृष्ट अंक पाउने उपन्यासका लागि (खुला) १,००० सुमन तिम्सिना

&

अनेसास स्व. सीता शर्मा स्मृति सर्वोत्कृष्ट संस्कृति/समालोचना/दर्शन पुरस्कार सर्वोत्कृष्ट अंक पाउने संस्कृति/ समालोचना/दर्शनक लागि(खुला) १,००० रोहिणी शर्मा

*

अनेसास लक्ष्मण सत्याल स्मृति सर्वोत्कृष्ट गीत/गजल/हाइकू/मुक्तक पुरस्कार सर्वोत्कृष्ट अंक पाउने गीत/गजल/ हाइकू/मुक्तकमध्ये एक विधालाई (खुला)

५००

पुरु सुवेदी

कल्पना सुवेदी

सर्वोत्कृष्ट पुस्तकका लागि दिइने पुरस्कारहरुका अतिरिक्त बिओटीका कोषाध्यक्ष राम लामा अविनाशीज्यूले प्रायोजन गरिरहनुभएको अनेसास राम लामा विशिष्ट प्रतिभा पुरस्कार अनेसासको वृहत्तर विकासका लागि लामो समयदेखि योगदान गरिरहेका सर्जक तथा विचारकलाई प्रदान गर्ने गरिएको छ । यो पुरस्कारको राशी अनेसासले वितरण गर्ने हालसम्मको सबैभन्दा बढी राशीको पुरस्कार हो । यसको राशी अमेरिकी डलर २,५०० रहेको छ । यसका साथै अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाज्यूले प्रायोजन गरी यस वर्षदेखि प्रदान गरिने अमेरिकी डलर १,००० राशीको अनेसास सत्यमोहन जोशी संस्कृति पुरस्कार तथा १००० डलर राशीको अनेसास युवाप्रतिभा पुरस्कार पनि रहेका छन् । प्रवासबाट नेपाली भाषासाहित्यको विकास र विस्तार गरी नयाँ पुस्तालाई आफ्नो सम्पदा र गौरव हस्तान्तरण गर्न लागिरहेको अनेसासका गतिविधिलाई उत्साहपूर्ण बनाउन पुरस्कारको राशी प्रायोजन गर्नुहुने सबै साहित्यकार तथा भाषासाहित्यप्रेमी महानुभावहरुप्रति म सचिवका रुपमा पुरस्कार समिति तथा बिओटी परिवारका तर्फबाट हार्दिक आभार प्रकट गर्दछु । 

ट्रस्टी सदस्यज्यूहरुबाट प्राप्त सदस्यताको बचत गरी बैँकले दिएका ब्याजबाट अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका साथै समारोहका अन्य सबै खर्चका लागि चाहिने रकम जुटाउने गरिएको र नपुग रकम कार्यसमितिका पदाधिकारीज्यूहरु तथा समारोहमा उपस्थित महानुभावहरुको स्वेच्छिक सहयोगबाट जम्मा गर्ने गरिएको छ । व्याज ज्यादै न्युन हुने हुनाले कार्यसमितिका सदस्यहरुले हरेक पटक व्यक्तिगत रुपमा सहयोग गरेर यो समारोहलाई भव्य बनाउने गरिएको सन् २०१५ को पुरस्कार वितरणदेखि निरन्तर यो जिम्मेवारीमा रहेको आधारमा म यहाँहरुसमक्ष बाँड्न चाहन्छु । सन् २०१९ मा सहभागीहरुबाट करीब ७३५ डलर सहयोग प्राप्त भएको थियो भने बिओटीका पदाधिकारीहरुबाट २,१०० डलर सहयोग जम्मा गरिएको थियो । यसबारे विस्तृत विवरण कोषाध्यक्षको प्रतिवेदनमा समेटिएको छ । 


यस वर्षको सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरणको तयारी  

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२१ का लागि विश्वभरिका नेपाली लेखकहरुबाट कुल १०९ पुस्तकहरु दर्ता भएका छन् । ती पुस्तकहरु काठमाडौँ र अमेरिकामा रहेका संकलन केन्द्रमा दर्ता भएका हुन् । यस वर्ष अपेक्षित रुपमा कम पुस्तकहरु संकलन हुनुका कारणमा कोभिडका कारण नेपालमा छापाखाना लामो समय बन्द हुनु, स्रष्टाहरुमा पनि महामारीका बीचमा सिर्जना र प्रकाशनको उपयुक्त वातावरण नबन्नु, आर्थिक अवस्था प्रतिकूल हुनुजस्ता कारणहरु रहेको हामीले पाएका छौँ । कोभिडको महामारीले पछिल्लोपटक नेपालमा विकराल रुप लिएका कारण सरकारी निर्णयअनुसार सार्वजनिक आवागमन बन्द भएकाले नेपालमा संकलित पुस्तकहरु नेपालकै मूल्याङ्कनकर्ताकहाँ समयमा पु¥याउन नसकिएका कारण परम्परागत रुपमा भानुजयन्तीका अवसरमा हुने विशेष समारोहमा घोषणा गर्ने गरिएको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार विजेताको नामवली यस वर्ष घोषणा गर्न सकिएन । यसका लागि विशेष परिस्थितिले उत्पन्न गरेको परिणामका कारण समयमा नतिजा प्रकाशन गर्न नसिकएकामा बिओटी तथा पुरस्कार समिति क्षमायाचना गर्दछ । पुरस्कार प्राप्त गर्ने पुस्तकहरुको नतिजा आगामी अगस्ट ३० मा घोषणा गर्ने निर्णय बिओटीको यही जुलाई ९ मा बसेको बैठकबाट निर्णय गरिएको व्यहोरा यहाँ जानकारी गराउँदछु । प्राप्त पुस्तकको मूल्याङ्कनको नतिजा आएपछि आगामी नोभेम्बर वा डिसेम्बरमा महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह हुनेछ ।

यस वर्ष पुरस्कार मूल्याङ्कनका लागि नेपालबाट दुई जना र अमेरिकाबाट एक जना विद्वानले काम गरिरहनुभएको पनि यहाँ जानकारी गराउँदछु । पुरस्कार वितरण समारोह महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आगामी नोभेम्बर वा डिसेम्बरमा बिओटी र केन्द्रीय कार्यसमितिले निर्धारण गरेको मितिमा अमेरिकामा हुनेछ । यसको सार्वजनिक जानकारी अनेसासको वेभसाईट धधध।ष्लकि।यचन र अन्य सार्वजनिक सूचनाका माध्यमबाट गराइनेछ । 

अनेसास केन्द्रीय कार्यसमितिको निर्वाचन २०२०

अनेसास केन्द्रीय कार्यसमितिको निर्वाचन सन् २०२० अगस्टमा सम्पन्न भयो । अनेसासको विधानको पाँचौँ संशोधन २०१६ लाई आवधिक बनाउँदै आवश्यक संशोधन गर्नका लागि अनेसासका सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलज्यूको संयोजनमा बनेको समितिले विभिन्न तहबाट प्राप्त भएका सुझावसमेतलाई सङ्कलन गरी संशोधित मस्यौदा अनेसास केन्द्रीय समितिमा २०१९ को डिसेम्बर २० पेश गरेको थियो । राधेश्याम लेकालीज्यूको अध्यक्षतामा कार्यरत तत्कालीन केन्द्रीय समितिले सन् २०२० को मे १३ मा केन्द्रको रायसहित बिओटीमा पेश गरेको थियो । तर बिओटीले यसमा व्यापक रुपमा पुनरावलोकन गर्नका लागि समय लाग्ने भएपछि केही ढिलाई हुने भएका कारण केन्द्रीय कार्यसमितिको सिफारिशमा केही धारामा परिवर्तन गर्न बिओटीलाई अनुरोध भयो । सन् २०२० को जुन ३० मा केन्द्रीय कार्यसमितिको पदाधिकारीको संख्यामा पाँचौँ संशोधनलाई परिवर्तन गरी अनेसासको विधानको छैठौँ संशोधनको कार्यन्वयन गरियो । त्यही संशोधनअनुसार केन्द्रीय कार्यसमितिमा एक महिला सदस्य अनिवार्य हुने गरी कूल १७ सदस्यीय समितिको निर्वाचन सम्पन्न भयो । 

केन्द्रीइ कार्यसमितिको समग्र निर्वाचन प्रव्रिmयाको जिम्मेवारी बिओटी डा. चुडामणि खनालको संयोजनमा बनेको निर्वाचन समितिले पाएको थियो । सो समितिले निर्वाचनप्रव्रिmयालाई पारदर्शी, सूचनाप्रविधिमैत्री तथा आवधिक रुपमा सम्पन्न गरी निर्णय सार्वजनिक ग¥यो । सदस्यतालाई आवधिक गर्न यस समितिले निकै छोटो समयमा धेरै सफलता हासिल ग¥यो । यसले अनेसासको केन्द्रीय समितिलाई भविष्यमा सदस्यता आवधिक गर्न निकै सहज बनाएको छ । निर्वाचन समितिले केन्द्रीय समितिलाई निकै उपयोगी सुझावहरु पनि दिएको छ । यसको कार्यन्वयन गर्नमा वर्तमान कार्यसमितिले कार्य गरिरहेको छ भन्ने अपेक्षा बिओटीले गरेको छ । सो निर्वाचनलाई समयमै सफल रुपमा सम्पन्न गर्न निरन्तर सव्रिmय डा. चुडामणि खनालज्यू तथा वहाँको समूहका अन्य चारैजना अत्यन्त व्रिmयाशील सदस्यहरुप्रति बिओटी हार्दिक आभार व्यक्त गर्दछ । 

उक्त निर्वाचनबाट निर्वाचित वर्तमान अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षताको केन्द्रीय कार्यसमिति अहिले अहोरात्र सव्रिmय छ । यस कार्यकालका सबै सदस्यहरुमा अनुभव, जिम्मेवारीबोध र आपसी सहयोगको भावना प्रवल रुपमा बाहिर आएका कारण         हरेक हप्ता अनेसासले कुनै न कुनै नयाँ कार्यव्रmम अनलाइनबाट सञ्चालन गरिरहेको छ । नयाँ पुस्तालाई नेपाली भाषासाहित्यमा सरिक गराउने तर्फ अनेसास संवेदनशील भएर अहिले केन्द्रीय सचिव विमला निरौलाज्यूको सञ्चालनमा मासिक रुपमा बालतारा कार्यव्रmम सञ्चालन भइरहेको छ । वर्तमान अध्यक्ष तथा वहाँको कार्यसमितिका सबै पदाधिकारीहरुमा सबैको भावनाको कदर गर्नुपर्दछ र मेलबाटै सबैकुरा सफल हुन्छ भन्ने भावना रहेको देखिएका कारण अनेसासले नयाँ दिशा लिइरहेको सर्वत्र आभास भएको छ । एक वर्ष पूरा हुनै लाग्दा यस समितिले थुप्रै कार्यहरु सम्पन्न गरिसकेको छ । यसबारे केन्द्रीय महासचिव र कोषाध्यक्षको प्रतिवेदले सबै बताउने नै छ । सबै सदस्यहरुको एकमतबाट कार्यसम्पादन गरिरहेको वर्तमान कार्यसमिति अनेसासको इतिहासमा अत्यन्त सफल बन्न सकोस् बिओटी परिवार हार्दिक शुभकामना दिन चाहन्छ । 

ट्रस्टी परिवारमा सदस्यको ऐतिहासिक वृद्धि

सन् २०१९ को जनवरी ६ मा भएको बिओटीको सपथ ग्रहण समारोहमा हामीले कूल ६२ जना ट्रस्टी सदस्य रहेको र उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५९ मत खसेको भनेर जानकारी गराएका थियौँ । सन् २०१९ जनवरीदेखि सन् २०२१ जुलाई १२ सम्ममा बिओटीमा ३४ जना नयाँ ट्रस्टी सदस्यहरु थपिनुभएको छ । अब अनेसासका ट्रस्टी सदस्यको संख्या ९६ पुगेको छ । गौरवको कुरा के छ भने भर्खरै यही जुलाई १२ मा नयाँ ट्रस्टी सदस्यता लिनुभएका स्पन्दन विनोद (विनोदप्रसाद धिमाल) युरोप महादेशबाटै पहिलो र हालसम्मको एकमात्र अनेसास ट्रस्टी बन्नुभएको छ । यस वर्ष सदस्यता लिनुभएका सबै महानुभावहरुलाई बिओटी परिवार हार्दिक बधाई ज्ञापन गर्दै न्यानो स्वागत गर्दछ । वहाँहरुको नयाँ सोच र संस्थागत भावनाले अनेसासलाई अझ बिस्तारित गर्न थप सहयोग पुग्ने गहिरो विश्वास बिओटीले लिएको छ । 

वर्तमान कार्यसमितिको लक्ष्य ट्रस्टी सदस्यलाई बढाएर १०० पु¥याउने थियो । अबको डेढ वर्षमा यो संख्या अवश्य नाघ्नेछ भन्ने समितिले अपेक्षा गरेको छ । संशोधित विधान लागू हुनुअघि यहाँहरुले आफू ट्रस्टी सदस्य बन्न वा बनिसक्नुभएका महानुभावले अरुलाई सदस्य बन्न प्रेरित गरिदिनुहुन यो कार्यसमिति हार्दिक अनुरोध गर्दछ । ट्रस्टी सदस्यको संख्याको वृद्धिले अनेसासमा स्थापित अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका अतिरिक्त यस वर्ष स्थापना भएका अरु दुई पुरस्कारहरुलाई स्थायी र संस्थागत गर्न विशेष योगदान पुग्नेछ भन्ने यस समितिको अपेक्षा रहेको छ । 

ट्रस्टी सदस्यको परलोक गमन 

यस कार्यसमितिको पद बहालीको लगत्तै सन् २०१९ को जनवरी ८ मा डा. दुर्गा दाहाल ट्रस्टी सदस्य बन्नुभएको थियो । दुर्भाग्यवश यस वर्षको सुरुमा हामीले बिओटीका सल्लाहकार तथा ट्रस्टी सदस्य डा. दुर्गा दाहालको परलोक गमनको पीडा भोग्यौँ । वहाँले सन् २०१९ मा केन्द्रीय कार्यसमितिले वितरण गरेको २,१०० डलर राशीको पुरस्कार प्रायोजन गर्नुभएको थियो । वहाँले सन् २०२० डिसेम्बर १७ को बिओटी अनलाईन भेलामा एक नयाँ पुरस्कार स्थापना गर्ने उत्साहजनक घोषणा गर्नुभएको थियो । सन् २०२१ को जनवरी ८ शुव्रmवारका दिन अकस्मात वहाँ परलोक हुनुभएको दुखद् समाचार प्राप्त भयो । वहाँको परलोक गमन पुण्यात्मालाई चिरकाल परमेश्वरको साथ मिलिरहोस् । शोकाकूल परिवारजन तथा अनेसास परिवारलाई वहाँको सो उर्जाले भाषासाहित्यको प्रवासमा विकास र विस्तार गर्न जाँगर बढिरहोस्, म यही कामना गर्दछु ।

विधान संशोधनको प्रक्रिया

माथि उल्लेख गरिसकेको छु, अनेसासको विधान २०१६ लाई छैठौँ संशोधनका रुपमा सबै कुरा एकैपटक ल्याउन नसकिएपछि केही धारामा परिवर्तन गरी सन् २०२० मा यसको छैठौँ संशोधन गरियो । विधान समिति र केन्द्रीय समितिले सिफारिश गरेका परिवर्तित धाराहरुमाथि पुनरावलोकन गर्न बिओटीले २०२० अगस्टमा गठन गरेको पाँच सदस्यीय विधान पुनरावलोकन समितिले लामो समय लिएर विधानका धारा, यसका भाषामा हुनुपर्ने स्पष्टता तथा संस्थागत संरचनाको विस्तार र व्यपकतामाथि आधारित भई यसको पुनरावलोकनको कार्यलाई अन्तिम रुपमा पु¥याएर यसै वर्षको मे महिनामा बिओटी कार्यसमितिमा पेस गरिसकेको छ । दुई चरणमा बिओटीको बैठकमा यसमाथि छलफल भइसकेको छ भने केन्द्रीय कार्यसमितिलाई पठाइएको अन्तिम प्रतिमाथि केन्द्रीय कार्यसमितिले थप राय बिओटीमा पठाएपछि यही जुलाई १४ र १५ मा भएको बिओटी कार्यसमितिको बैठकमा यसमाथि छलफल भई केन्द्रीय कार्यसमितिका ११ सुझावका अधिकांश बुँदामाथि एकमतले स्वीकृति गरिसकेको छ । अरु कतिपय बुँदाहरुमा बिओटी बैठकमा छलफल हुन अझै केही समय लाग्नेछ । अब छिटै अनेसासको विधान सातौँ संशोधनसहित विधान स्वीकृत भएपछि अनेसासको संस्थागत संरचनाको व्यापक विस्तार र कार्यक्षेत्रको व्यपकतासहित लागू हुनेछ । 

स्वीकृतिउन्मुख यस विधानमा पुरस्कार समितिको संरचनामा परिवर्तन गरिएको छ । बिओटी कार्यसमितिका पदाधिकारीको निर्वाचनलाई अझ सहभागितामूलक बनाइएको छ । आजीवन सदस्यता र ट्रस्टी सदस्यताको शुल्क झण्डै २० वर्षपछि बढाएर अमेरिकी डलर २,००० बनाइएको छ । श्रीमान्श्रीमती दुवै ट्रस्टी बन्न चाहेमा सदस्यताको रकममा छुट गरी ३,००० डलर कायम हुने व्यवस्था गरिएकोे छ । अनेसासको केन्द्रीय कार्यालय भवनको व्यवस्थापनलाई पहिलोपटक विधानमै समावेश गरिएको छ । अनेसास प्रतिष्ठानको स्थापना र यसको कार्यक्षेत्रलाई तोकेर अनेसासको सम्बन्ध नेपाल र विदेशी विश्वविद्यालयसँग जोड्ने कार्य शुभारम्भ गरिएको छ । साथमा नेपाली भाषाका उत्कृष्ट पुस्तकहरुलाई अन्य भाषामा अनुवाद गरी विश्वबजारमा लैजानमा पनि अनेसास प्रतिष्ठानलाई अख्तियार गरिएको छ । प्रतिष्ठानको कार्यक्षेत्र निकै फराकिलो बनाई अनेसासलाई अझै बढी विस्तारित हुन विधानमा व्यवस्था गरिएको छ । च्याप्टरहरुको गरिमा, कार्यक्षेत्र, ट्रस्टी सदस्यको जिम्मेवारीजस्ता कुरामा विधान संवेदनशील रुपमा अघि आउनेछ ।

कुनै पनि संशोधनले विगतका समस्याको गाँठो फुकाउने कार्य पनि गरेको हुन्छ । त्यो कार्य यस विधानले गरेको छ । तर यो नै पूर्ण अवश्य होइन । यो अमूर्त र स्थायी हुनै सक्दैन । भोलिको समस्याले फेरि अर्को संशोधन अवश्य माग्नेछ । संशोधनले व्यक्तिको इच्छाभन्दा संस्थाको हितलाई धेरै महत्व दिन सकोस् भनी बिओटीले गठन गरेको पुनरावलोकन समितिले गम्भीर रुपमा ध्यान दिएको छ । यसका लागि सो समिति खर्चेको विवेक तथा ४०० घन्टाभन्दा बढीको महत्वपूर्ण समयका लागि विधान पुनरावलोकन समितिप्रति बिओटी हार्दिक आभार व्यक्त गर्दछ । 

विधान संशोधनको प्रारम्भिक कार्यदेखि निरन्तर सव्रिmय भई सन् २०१८ देखि संलग्न विधान संशोधन समितिका संयोजक प्रा. डा. खगेन्द्रप्रसाद लुर्इँटेलज्यू तथा वहाँको समितिका सदस्यहरु सुमलकुमार गुरुङज्यू र बलराम थापाज्यूका अतिरिक्त आजीवन सदस्यहरु तथा च्याप्टरका पदाधिकारीहरुको समेत सुझावका आधारमा विधान संशोधनको प्रव्रिmया अघि बढाएर यस रुपसम्म ल्याउन सव्रिmय हुनुभएका तत्कालीन केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीज्यू तथा केन्द्रीय पदाधिकारीज्यूहरु, संशोधित मस्यौदामाथि बुँदाबुँदा केलाएर स्पस्ट धारणासहित सुझाव दिनुहुने वर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाज्यू तथा कार्यसमितिका पदाधिकारीज्यूहरु, बिओटी अध्यक्ष गीता खत्रीज्यू र सबै पदाधिकारीज्यूहरु, सहभागी सबै आजीवन सदस्यज्यूहरु, महत्वपूर्ण सुझाव दिनुहुने च्याप्टरका पदाधिकारीज्यूहरु सबैमा बिओटी सचिवका रुपमा म हार्दिक आभार व्यक्त गर्दछु । 

हामी सबै एकै भाषाबाट आएका छौँ । भावना फरक भएरै हामी एकभन्दा अर्को फरक भएका छौँ । यही फरकपनले हामीलाई भिन्न व्यक्तित्वका रुपमा चिनाएको छ । हामी सबैमा मन फरक भएरै मत फरक हुन्छ । तर हामी एकै संस्थामा छौँ र जे गर्छौँ क्षणिक रुपमा पानीको फोकाजस्तै आउने र केही पुस्तापछि सकिएर जाने नामका लागि मात्र नभएर साँच्चिकै संस्थाको वृहत्तर हित, हाम्रो भाषा, साहित्य र नेपाली समुदायको पहिचानलाई अग्रगति दिनमा हामी सफल हुन सकौँ भन्नेमा हाम्रो एक मत हुनु आवश्यक छ । 

हामी यो साधारण सभा भइरहेको अवसर भनेको भानुजयन्तीको अवसर हो । तँ र म भन्दा माथि उठेर मानिसलाई प्रेम गर्नुपर्छ भन्ने भावना भएर नै भानुभक्त आज २०७ वर्षसम्म पनि हामीभित्र भाषा र लय भएर बाँचिरहेका छन् । त्यही सच्चा प्रेमले देवकोटा महाकवि हुनुभन्दा पनि माथि पुगेर हामीभित्र उठिरहेका छन् । हामीले पनि अरुको गरिमा र मर्यादालाई उच्च सम्मान गर्न सक्यौँ भने हाम्रो समयमा यी मनिषिहरुप्रतिको हाम्रो सच्चा सम्मान प्रस्ट हुनेछ । भानुजयन्तीको सार्थकता यही हुनेछ । वर्तमान बिओटी कार्यसमिति यसमा निकै गम्भीर छ र कार्य गरिरहेको छ । त्यसैको परिणाममा ट्रस्टी सदस्यहरुको आकर्षण यस संस्थामा बढेको छ । 

अनेसासको केन्द्रीय कार्यालय भवन व्यवस्थापन समिति

अनेसासको स्थापनाको ३० वर्ष पूरा भएको छ । यसबीचमा हाम्रो केन्द्रीय सचिवालय अझैसम्म हाम्रो झोला र मस्तिष्कमा रहेको 
छ । हाम्रा दस्तावेजहरु ऐतिहासिक रुपमा सुरक्षित हुनुपर्नेमा छरिएको अवस्थामा छन् । भर्खरै केन्द्रीय कार्यसमितिको पहलमा नेपालमा अनेसास नेपाल सम्पर्क कार्यालयको व्यवस्था भएको छ । अनेसासको स्थापना भएको भूमि अमेरिका र वासिङटन डीसी क्षेत्रमा अनेसासको कार्यालय स्थापना भएमा यसको गरिमा अझ बढ्ने अपेक्षासहित भवन खरिद तथा व्यवस्थापन समिति गठन भएको छ । 

बिओटीका प्रमुख सल्लाहकार डा श्याम कार्कीज्यूको संयोजकत्वमा गठित यस समिति हाल नौ सदस्यीय भएको छ । यस समितिले विभिन्न चरणमा बैठक गरी भर्जिनिया र मेरिल्यान्ड राज्यमा पर्ने डीसी महानगरक्षेत्रभित्र अनेसासको केन्द्रीय कार्यालयका लागि उपयुक्त हुने जमीन वा भवन वा दुवै भौतिक सम्पत्ति खरिद गर्नका लागि अध्ययन कार्य गरिरहेको छ । यसका लागि आवश्यक पर्ने रकमको सम्भाव्यताका लागि ट्रस्टी सदस्यज्यूहरु तथा आजीवन सदस्यज्यूहरुसँग अनुरोध गर्ने तहमा अनौपचारिक कुराकानी गरिरहेको छ । आन्तरिक र वाह्यस्रोतबाट सहयोग लिएर नपुग्ने रकम अनेसासकै अमेरिकाकामा बसोबास गरिरहेका व्यक्तिहरुको सामुहिक जमानीमा बैँक ऋण लिनुपरे पनि तयार हुने तहमा छलफल भइरहेको छ । यो कार्य अर्को वर्षको साधारण सभामा कार्यप्रगति विवरणका रुपमा प्रस्तुत गर्न पाइयोस् भनी अपेक्षा गर्दछु । 

ट्रस्टी परिचय पुस्तक र अन्य पुस्तकहरुको प्रकाशन तयारी

यसै वर्षको अन्त्यमा अनेसासका ट्रस्टी सदस्यहरु को को कुनकुन क्षेत्रबाट जोडिनुभएको छ भनेर वहाँहरुको विवरण र लेखनप्रतिभा समेत समेटेर एक पुस्तक प्रकाशित हुँदैछ । यो एक ऐतिहासिक दस्तावेजका रुपमा अनेसासमा मात्र नभई सार्वजनिक चासोको विषय हुनेछ । यसका साथै अनेसासको डायस्पोरिक गतिविधि त्रिभुवन विश्वविद्यालयमा अध्ययन भइरहेको अवस्थामा पाठ्यवस्तुको आवधिक नवीकरण र विस्तारीकरण हुने गरी एक पुस्तक प्रकाशित गर्न तयारी भइरहेको छ । यो पनि यस वर्षको अन्त्यसम्ममा प्रकाशित 
हुनेछ । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको वहुआयामिक व्यक्तित्वमाथि केन्द्रित भएर वहाँका सुपुत्र डा पदमप्रसाद देवकोटा, पदम विश्वकर्मासहितका व्यक्तिहरुको संलग्नतामा अंग्रेजी भाषामा एक पुस्तक प्रकाशनको तयारी भइरहेको छ । बिओटीका सबै सदस्यहरु परिपक्व, जिम्मेवार र भविष्यप्रति निकै चिन्तनशील हुनुभएका कारण बिओटी कार्यक्षेत्रमा तल्लीन छ । छिटै धेरै नयाँ प्रगतिहरु अनेसासका सबै आजीवन सदस्यहरुले महसूस गर्ने गरी बाहिर आउनेछ । 

आजको यस अवसरमा बिओटीको कार्यप्रगति विवरण प्रस्तुत गरिरहँदा मलाई साथ दिनुभएकामा म यहाँ उपस्थित सबै महानुभावमा हार्दिक आभार व्यक्त गर्दछु । यसमा अस्पष्ट भएका कुराहरुमा प्रश्न गर्नुपरेमा वा यसमा हुन सक्ने त्रुटिहरु सच्याउनुपरेमा यहाँहरुले प्रश्न गर्न सक्नुहुनेछ । यहाँहरुका सबै सुझावहरुलाई म प्रतिवेदको पूर्णताका लागि शिरोपर गर्नेछु । यति भन्दै म यो प्रतिवेदन यस गरिमामय सभाबाट पारित गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । 


      प्रस्तोता
  शिव लामिछाने 
     सचिव 
 अनेसास बिओटी 
 वासिङटन डी सी अमेरिका ।

Related Announcements

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध

Mar 10, 2025 Read More

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्नका लागि आह्वान

Dec 9, 2024 Read More

Central Executive Committee Election 2024 Result

Jul 11, 2024 Read More

Election update

Jul 8, 2024 Read More
  • ‹
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • ...
  • 17
  • 18
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.