election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
      • Life Members Login
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
      • Trustee Members Login
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News
  • News Single
तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन टोक्यो, जापान

तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन टोक्यो, जापान

Jul 17, 2021


पृष्ठभूमि 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सन् १९९१ मा अमेरिकामा स्थापना भई विश्वका कुना–कुनासम्म यसका दर्जनौँ च्याप्टरहरू सक्रिय रहेका छन् । केन्द्रीय रूपमा विभिन्न सम्मेलनहरू आयोजना हुँदै आएका छन् भने च्याप्टरहरूले पनि समय, परिस्थिति र अवसरहरूलाई मध्यनजर गर्दै साहित्यिक गतिविधिलाई क्रियाशील र जीवन्त बनाइराखेका छन्।

च्याप्टर सम्मेलनको उद्देश्य 

च्याप्टर सम्मेलनको मूल उद्देश्य भनेको केन्द्र र च्याप्टरबीचको सहकार्यलाई दिनप्रतिदिन मजबुत बनाउँदै लग्नु हो । साथै च्याप्टर र च्याप्टरबीचको सम्पर्क र सम्बन्धलाई स्थापित बनाउँदै अनेसासको जगलाई अझ कसिलो र दरिलो बनाउनु पनि अर्को महत्त्वपूर्ण पक्ष हो ।

च्याप्टर सम्मेलनको आरम्भ 

सन् २०१६ मा पहिलोपटक च्याप्टर सम्मेलनको आयोजना भएको थियो । यस सम्मेलनको संयोजन लस एन्जलस च्याप्टरले गरेको थियो । साथै सन् २०१८ मा दोस्रो च्याप्टर सम्मेलनको आयोजना गरिएको थियो, जसको संयोजन न्यु ह्याम्पसायर च्याप्टरले गरेको थियो ।

तेस्रो च्याप्टर सम्मेलन 

अनेसास केन्द्रीय कार्य समितिको आयोजनामा अनेसास जापान च्याप्टरले तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनको संयोजन गर्न गइरहेको छ, जसको निम्ति १०–१२ जनवरी, २०२० को मिति निर्धारण भएको छ । सम्मेलन जापानको राजधानी टोक्योमा हुनेछ । ‘अन्तर्दृष्टि’ त्रैमासिकको प्रधान सम्पादक समेत रहनुभएका जापान च्याप्टरका अध्यक्ष (सन् २०१७–१९) दीप पाठक यस सम्मेलनको संयोजक हुनुहुन्छ ।

पाहुनाको निम्ति केही महत्त्वपूर्ण सूचना, जानकारी र अनुरोध

सम्मेलनको मिति 

जनवरी १०, ११ र १२ गरी ३ दिनको हुनेछ ।
१० तारिख – स्वागत पार्टी
११ तारिख – उद्घाटन सत्र र थप कार्यक्रम (हलमा)
१२ तारिख – समापन सत्र र थप कार्यक्रम (हलमा)

(कार्यक्रमको विस्तृत विवरण पछि उपलब्ध गराइनेछ)

कार्यक्रम स्थल ः
हलको नाम – Japan Glass Industry Center को सभाहल
ठेगाना – Shinjuku-Ku, Hyakunincho 3-2-16, B1, Tokyo, Japan
नजिकको रेल स्टेसन – Shin-Ookubo Station (Yamanote Line)

प्रवेश शुल्कबारे 

 सम्मेलनको प्रवेश शुल्क अमेरिकी ५० डलर वा जापानी यन ६००० लाग्नेछ ।
 सहभागी पाहुनालाई सम्मेलनको लोगो अङ्कित डट्पेन, ब्याच, खादा, मायाको चिनोलगायतका सामग्रीहरू निःशुल्क उपलब्ध गराइनेछ ।.

विमानस्थल प्रयोगबारे 

 सबैले टोक्योस्थित हानेदा (ज्बलभमब) अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ हुने गरी टिकट मिलाउनुहुन अनुरोध गर्दछौँ ।
 हानेदाबाहेकको विमानस्थल प्रयोगकर्ताले होटेलसम्म आउनको निम्ति बस वा ट्रेन सुविधा लिएर आफै आउनुपर्ने छ अथवा आयोजकसँगको सल्लाह र समन्वयअनुसार गर्न सकिनेछ ।
 होटेल बुक १० तारिखबाट रहेकोले १० तारिख साँझको स्वागत डिनर पार्टी भेट्नेगरी दिउँसो ४ः०० बजेसम्ममा ल्यान्ड गर्नसक्नु हुनेछ । १० तारिखभन्दा अगाडि नै आउनुहुने पाहुनाले अन्य व्यवस्था आफै गर्नुपर्दछ (अथवा आयोजकसँगको सल्लाह र समन्वयअनुसार गर्न सकिनेछ) ।
 टिकट फिक्स भएपछि आफ्नो टिकटको विस्तृत जानकारी आयोजकलाई गराउनु हुन अनुरोध गर्दछौँ ।
 हानेदा विमानस्थलबाट कार्यक्रमस्थलसम्म २५ किलोमिटरको दूरी रहेको छ ।

होटेल व्यवस्थाबारे 

 आयोजकले प्रबन्ध मिलाएको होटेलमा पाहुना बस्नुपर्ने छ ।
 आफन्त, इष्टमित्र वा नातेदारसँग बस्नुहुने पाहुनाले बेलैमा खबर गर्नुपर्ने छ ।
 होटेल कुल ४ दिनको निम्ति बुक गरिएको छ ।
– जनवरी १० तारिख चेक इन
– जनवरी १४ तारिख चेक आउट
 होटेल चार्ज सहभागी पाहुना आफैले तिर्नुपर्नेछ । प्रतिव्यक्ति एक दिनको ५० डलर (वा ६,००० येन) को दरले ४ दिनको २०० डलर लाग्नेछ । जसको निम्ति जापान च्याप्टरले तोकिएको व्यक्तिले तपाईंहरूसँग समन्वय गर्नुहुनेछ ।
 १४ तारिखपछि पनि जापानमै बस्नुहुनेअथवा घुम्न चाहनु हुनेपाहुनाले आफ्नै व्यवस्थामा होटेल रुम बुक गर्नुपर्नेछ ।
 होटेलको कुन रुममा को–को बस्ने भन्ने कुरा आयोजकले निर्धारण गरेबमोजिम हुनेछ ।
 दम्पत्ति पाहुनाले आयोजकलाई अग्रीम जानकारी गराउनु पर्नेछ र सोहीबमोजिम रुमको व्यवस्था मिलाउने कोसिस गर्नेछौँ ।

होटलबारे विस्तृत जानकारी 

 होटलको नाम ः Toyoko Inn Hotel, Kabukicho Branch
ठेगाना ः Shinjuku-Ku, Kabukicho 2-20-15, Tokyo, Japan
फोन नं. ः ०३५१५५१०४५
 ब्रेकफास्ट समय ः बिहान ७ः०० देखि ९ः०० बजेसम्म
(नोट ः होटलबाट कार्यक्रमस्थलसम्मको दूरी पैदल १५ मिनेटको रहेको छ ।

खानपिन र मेसबारे 

 पाहुनालाई कार्यक्रम अवधिभर खानाको व्यवस्था स्थानीय आयोजकले नै गर्नेछ ।
 तोकिएको स्थानभन्दा बाहिरको खाना र नास्ताको भुक्तानी पाहुना स्वयम्ले गर्नुपर्ने छ ।
 भेजिटेरियन पाहुनाले अग्रीम जानकारी गराउनु हुन अनुरोध गर्दछौँ ।

स्थानीय भ्रमणबारे 
सम्मेलन समापनको भोलिपल्ट अर्थात् १३ तारिख सोमबार पाहुनाहरूलाई टोक्यो, योकोहामालगायतको स्थानहरू भ्रमण गराउने योजना रहेको छ । भ्रमण तालिका र भ्रमणस्थलबारे पछि जानकारी गराउने छौँ ।

सुरक्षा प्रबन्धबारे 

 आसन्न ओलम्पिक २०२० को निम्ति समग्र जापानको सुरक्षा व्यवस्था निकै कडा पारिएको अवस्था छ ।
 जापान यात्रा अवधिभर पाहुनाले आफ्नो पासपोर्ट साथमै लिएर हिँड्नको निम्ति विशेष अनुरोध गर्दछौँ ।
 जापानमा सामान्यतया अङ्ग्रेजी भाषा प्रयोग नहुने भएकोले एक्लै यात्रामा ननिस्किनु हुन तथा निस्किनु परेमा स्थानीय साथीसँग सम्पर्क र सहयोग लिएर निस्किनु हुन अनुरोध गर्दछौँ ।
 साथीहरू छुटेमा र कारणवश सम्पर्क हुन नसकेमा नजिकको सुरक्षा निकायमा सम्पर्क राख्नसक्नु हुनेछ । आयोजक साथीबाट प्राप्त सम्पर्क सूची र विस्तृत जानकारी साथमै राख्नुहोला ।

आवश्यक सम्पर्क 

भिसा प्रक्रिया, आउने प्रक्रिया वा जापान यात्राबारे कुनै पनि जिज्ञासाका निम्ति निम्न इमेल तथा मोबाइल नम्बर (भाइबर समेत) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
प्रकाश पौडेल ‘माइला’ : वरिष्ठ उपाध्यक्ष, अनेसास केन्द्रय कार्य समिति
इमेल : poudelprakash575@yahoo.com
मोबाइल : ८१–८०४१५५३१३२
दीप पाठक : अध्यक्ष, अनेसास, जापान च्याप्टर (सन्२०१७–१९)
संयोजक, तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन, टोक्यो
इमेल : aasthakofool@gmail.com
मोबाइल : ८१–८०४५९९५०२४

थप जानकारी 

१) यहाँ मोबाइल सिम निकाल्न निकै कठिन छ तर पनि पर्यटकहरूले विमानस्थलमैनिश्चित रकम डिपोजिट गरी लिन सकिने व्यवस्था पनि रहेको छ । इच्छुक पाहुनाले विमानस्थलमा ल्यान्ड गरेपछि आवश्यक प्रक्रिया गर्नुहोला ।
२) जापानको कुनै पनि पसल, स्टोर वा दोकानहरूले अमेरिकी डलर वा अन्य कुनै पनि मुलुकको मुद्रा प्रयोग गर्दैनन्। क्रेडिट कार्ड भने सहज रूपमा प्रयोग गर्न सकिन्छ । (नोट : क्रेडिट कार्ड नबोक्नु भएका पाहुनाले जापानी यनको व्यवस्था गर्नुहोला ।)
३) जापानको सार्वजनिक यातायात (ट्रेन, बुलेट ट्रेन) निकै महङ्गो छ । टाढा–टाढासम्म यात्रामा जान वा बुलेट ट्रेन पनि चढ्न इच्छुक पाहुनाले अनलाइनबाट व्च् पास लिनसक्नु हुन्छ । ७ दिन, १४ दिन र २१ दिनको व्च्पास आवश्यकताअनुसार लिन सकिन्छ ।
४) आफन्त, इष्टमित्र वा चिनेजानेका साथीभाइ भेट्न सबै ठाउँमा जान सम्भव नहुन पनि सक्छ, त्यसैले सम्भव भएमा यहाँहरूलाई कार्यक्रमस्थलमै पनि बोलाउन सक्नु हुनेछ । 

Related Announcements

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध

Mar 10, 2025 Read More

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्नका लागि आह्वान

Dec 9, 2024 Read More

Central Executive Committee Election 2024 Result

Jul 11, 2024 Read More

Election update

Jul 8, 2024 Read More
  • ‹
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • ...
  • 17
  • 18
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.